hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetmarsbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincojojobet girişvidobet

वन डढेलोको बढ्दो जोखिमसँग जुध्न बारा जिल्लामा सञ्चालन गरिएको “वन डढेलो सप्ताह–२०८२”को समापन

रञ्जन यादब /बारा

वन डढेलोको बढ्दो जोखिमसँग जुध्न बारा जिल्लामा सञ्चालन गरिएको “वन डढेलो सप्ताह–२०८२” सम्पन्न भएको छ । समुदायस्तरमा चेतना, सीप र समन्वयको नयाँ सन्देश दिएको छ। एक सातासम्म चलेको अभियानले केवल औपचारिक कार्यक्रममै सीमित नरही स्थानीय जनजीवनसँग प्रत्यक्ष जोडिने प्रयास गरेको देखिएको छ।

डिभिजन वन कार्यालय सिमरा, जीतपुर–सिमरा उपमहानगरपालिका र राष्ट्रिय जनवाकलत मञ्च नेपालको सहकार्यमा सञ्चालन गरिएको उक्त अभियानले जिल्लाका विभिन्न स्थानमा सक्रिय सहभागिता जुटायो। सुरुवातमै निकालिएको जनचेतनामूलक -यालीले वन संरक्षण र डढेलो नियन्त्रणको सन्देश गाउँ–सहरसम्म पु¥याएको थियो। निजगढदेखि सिमरा, तमागढी, कोल्हवी हुँदै पथलैयासम्म पुगेको -यालीले स्थानीय समुदायलाई प्रत्यक्ष रूपमा जोड्ने काम ग-यो।

सप्ताहको अर्को महत्वपूर्ण पक्षका रूपमा व्यावहारिक तालिमहरू रहे। सिमरा, तमागढी र निजगढमा सञ्चालन गरिएका तालिममा सहभागीहरूलाई डढेलो नियन्त्रणका आधारभूत सीप मात्र होइन, जोखिम न्यूनीकरणका व्यवहारिक उपायबारे पनि प्रशिक्षण दिइयो। आगलागीको अवस्थामा कसरी सुरक्षित रहने, कसरी सामूहिक रूपमा प्रतिकार्य गर्ने भन्ने विषयमा गरिएको अभ्यासले समुदायलाई थप सक्षम बनाउने विश्वास गरिएको छ।

यसै क्रममा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा डढेलो नियन्त्रण केवल वन कार्यालयको जिम्मेवारी नभई साझा दायित्व भएको विषयमा जोड दिइयो। “वायु प्रदूषण र वन डढेलो नियन्त्रणमा स्थानीय सरकारको भूमिका” शीर्षकमा भएको छलफलमा विभिन्न सरोकारवाला निकायबीच सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालिएको थियो। डढेलोका कारण वातावरण र स्वास्थ्यमा पर्ने असरबारे पनि गम्भीर बहस भएको थियो।

अभियानको समापनसँगै आगामी रणनीतिबारे समेत छलफल गरिएको छ। राष्ट्रिय जनजागरण मञ्च नेपालका अस्मिन घिमिरेका अनुसार, यस्ता कार्यक्रमले स्थानीयस्तरमा जिम्मेवारीबोध बढाउनुका साथै दीर्घकालीन समाधानतर्फ उन्मुख हुन मद्दत पु-याउने अपेक्षा गरिएको छ।

समग्रमा, यो सप्ताह केवल कार्यक्रमहरूको श्रृङ्खला मात्र नभई समुदायलाई सशक्त बनाउने अभ्यासका रूपमा देखिएको छ। डढेलो नियन्त्रणका लागि समयमै तयारी, जनचेतना र सहकार्य नै प्रभावकारी उपाय भएको सन्देश यस अभियानले स्पष्ट रूपमा दिएको छ।