hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetmarsbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincojojobet girişvidobet

सहभागितामुलक योजना निर्माणतर्फ जीतपुरसिमरा ःपाँचबर्षिय मस्यौदामाथि सुझाव संकलन

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाको आगामी आवधिक पञ्चवर्षीय योजना (२०८३÷०८४ देखि २०८७÷०८८) सम्बन्धी मस्यौदामाथि विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। उपमहानगरपालिकाको आयोजना तथा रेडियन्ट इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन सर्भिस प्रा.लि., ललितपुरको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न सरोकारवाला पक्षहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नगर प्रमुख राजन पौडेलले दीर्घकालीन सोचसहित योजनाबद्ध विकासमार्फत समृद्ध र व्यवस्थित नगर निर्माणमा जोड दिनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्रोत, साधन र आवश्यकतालाई प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि तथा रोजगारी सिर्जना जस्ता क्षेत्रमा प्रभावकारी योजना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो।

त्यस्तै उप–प्रमुख भोला प्रसाद अधिकारीले योजनालाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन सरोकारवाला सबै पक्षको सुझाव महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। उहाँले समावेशी विकासलाई केन्द्रमा राखेर सबै वडामा सन्तुलित विकास हुने गरी योजना तर्जुमा गर्नुपर्नेमा जोड दिनुभयो।छलफल कार्यक्रममा वडा अध्यक्षहरू, राजनीतिक दलका नगर प्रतिनिधिहरू, प्राविधिक विज्ञहरू, कर्मचारीहरु लगायतको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले पूर्वाधार विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, युवा लक्षित कार्यक्रम, पर्यटन प्रवद्र्धन, कृषि आधुनिकीकरण तथा रोजगारी अभिवृद्धि जस्ता विषयमा सुझाव प्रस्तुत गरेका थिए।कार्यक्रममा प्रस्तुत मस्यौदामाथि प्राप्त सुझावहरू समेटेर अन्तिम रूप दिइने जनाइएको छ। यस किसिमको सहभागितामूलक योजना निर्माण प्रक्रियाले स्थानीय तहको समग्र विकासलाई दीर्घकालीन रूपमा दिशा दिने विश्वास व्यक्त गरिएको उपमहानगरपालिकाको योजना शाखा प्रमुख सुधन चौधरीले जानकारी दिए ।