hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincoholiganbetjojobet giriş

तालिमको सहभागीहरूलाई स्थलगत अध्ययन तथा अवलोकन

रञ्जन यादब /बारा

मधेस प्रदेशका सांस्कृतिक तथा ऐतिहासिक धरोहरलाई पर्यटनसँग जोड्दै प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन गरिएको तालिमको तेस्रो दिन सहभागीहरूलाई स्थलगत अध्ययन तथा अवलोकन गराइएको छ। तालिमअन्तर्गत सहभागीहरूलाई अमलेखगञ्ज क्षेत्रमा हाइकिङ गराउँदै समुद्री सड्क देखि करिब ४ सय ५१ मिटर उचाइमा अवस्थित सिद्धबाबा मन्दिर पुगेर अध्ययन–अवलोकन गराइएको थियो।

उक्त क्रममा त्यहाँका धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्वका विषयमा छलफल गरिएको थियो। साथै, सो क्षेत्रको पर्यटन सम्भावना र आवश्यक पूर्वाधार विकासका पक्षबारे सहभागीहरूबीच अन्तरक्रिया समेत गरिएको थियो।त्यसैगरी, मधेस प्रदेशकै महत्त्वपूर्ण ‘भर्जिन’ गन्तव्य मानिने पर्सा राष्ट्रिय निकुञ्जको बारेमा पनि जानकारी गराइएको थियो। निकुञ्जका सहायक वार्डेन सन्तोष भगतले निकुञ्जको जैविक विविधता, पाइने दुर्लभ वन्यजन्तु, संरक्षणका चुनौती तथा सम्भावनाबारे विस्तृत जानकारी दिएका थिए।नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) को पहल तथा दिगो पर्यटन परियोजनाको सहकार्यमा नाटा मधेस प्रदेशद्वारा आयोजित उक्त तालिममा होटल तथा पर्यटन क्षेत्रमा क्रियाशील ३० जना सहभागी रहेका छन्।

सिमरास्थित होटल श्रेष्ठ रेसिडेन्सीमा बिहीबारदेखि सुरु भएको तालिम आइतबार समापन हुने जनाइएको छ।तालिमको मुख्य उद्देश्य मधेस प्रदेशमा पर्यटक आगमन वृद्धि गर्नुका साथै यहाँका मौलिक संस्कृति, परम्परा र सम्पदालाई प्रभावकारी रूपमा बजारसम्म पु¥याउने रहेको आयोजकले जनाएको छ।तालिममा प्राध्यापक डा. पशुपति न्यौपाने ,गुठी संस्थानका राजेन्द्र दाहाल र नाटाका केन्द्रिय सदस्य यज्ञमुर्ति अचार्यले प्रशिक्षण  दिईरहेका छन्। उनीहरूले सांस्कृतिक सम्पदाको संरक्षणसँगै त्यसलाई पर्यटनसँग जोड्ने व्यावहारिक उपायहरूबारे सहभागीहरूलाई ज्ञान प्रदान गरिरहेका छन्।नाटा मधेस प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको अगुवाइमा भइरहेको कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ बारा अध्यक्ष शम्भु खड्की, होटल तथा पर्यटन सहकारी संघ बारा अध्यक्ष उप्रेती ,मधेस प्रदेशका टुर एण्ड ट्रावल्स ब्यवसायि हरु, पर्यटन उधोगमा आवद्ध होटल ईच्छा सिमरा, क्विक 20 रिभरसाईड रिसोर्ट , सिदार्थ हस्पिटालिटि दियालो बिरागन्ज, सिमरामा सन्चालित लोटस होटल म्यानेजमेन्ट कलेज ,बिभुति शिक्षा सदन बाट समेत सहभागिहरुकाे सहभागिता रहेको छ ।