hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreasjojobetsahabetnakitbahisSweet bonanzaenbetqqmamibetjojobetjojobetjojobet girişjojobet girişpincoholiganbetjojobet giriş

ग्यास वान नेपालको ग्यास बिक्रेता भेटघाट कार्यक्रम सिमरामा सम्पन्न

रञ्जन यादब /बारा

ग्यास वान नेपाल प्रा.लि. पिलुवाद्वारा आयोजना गरिएको ८ औं ग्यास बिक्रेता भेटघाट कार्यक्रम सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। देशभरका ग्यास डिलर तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा व्यवसायिक सुदृढीकरण, सेवा विस्तार र सुरक्षा व्यवस्थापनका विविध पक्षहरूमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रममा ग्यास वान नेपाल उद्योगका प्रबन्धक सरोजराज ढकालले अर्डर व्यवस्थापन, समयमै डेलिभरी प्रणाली, काठमाडौंमा शाखा विस्तारको योजना, ग्यासको गुणस्तर (क्वालिटी) सुनिश्चितता तथा उपभोक्ता सुरक्षाका विषयमा विस्तृत जानकारी प्रस्तुत गरेका थिए। उनले कम्पनीले आगामी दिनमा सेवा थप प्रभावकारी र विश्वसनीय बनाउने लक्ष्य लिएको उल्लेख गरे। त्यसैगरी, कार्यक्रममा ग्यास प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, सम्भावित दुर्घटना न्यूनीकरणका उपायहरू तथा सुरक्षित भण्डारण सम्बन्धी सचेतनामूलक जानकारी पनि दिइएको थियो। सहभागीहरूले आफ्ना अनुभव, समस्या तथा सुझावहरू समेत राख्दै सेवा सुधारका लागि महत्वपूर्ण प्रतिक्रिया दिएका थिए।

ग्यास वान नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक हिडेकी फुकुईको अध्यक्षतामा सम्पन्न कार्यक्रमले कम्पनी र बिक्रेताबीचको समन्वय अझ मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो। उनले बिक्रेताहरू कम्पनीको मुख्य आधार भएको उल्लेख गर्दै गुणस्तरीय सेवा प्रवाहमा सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए। प्रबन्ध निर्देशक फुकुईले बिश्वमा देखिएको ईन्धनको यस्तो बिषम परिस्थितीमा पनि ग्यासको चर्को मुल्य नलिई सरकारले तोकेको मुल्यमा नै ग्यासको बिक्रि बितरण गर्न अनुरोध गरे । कम्पणीको बिभिन्न आयाम र सञ्चालक समितीहरुको बिषयमा प्रोजेक्टरको माध्यमबाट देखाई जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणका रूपमा हरेक वर्ष झैं यस वर्ष पनि उत्कृष्ट प्रदर्शन गर्ने बिक्रेताहरूलाई सम्मान गरिएको छ। सबैभन्दा बढी ग्यास सिलिन्डर बिक्री गर्ने दुई जना बिक्रेतालाई जापान भ्रमणको अवसर प्रदान गरिने घोषणा गरिएको छ, जसले बिक्रेताहरूमा थप उत्साह र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गरेको आयोजकले जनाएको छ। जापान भ्रमणको अवसर पाउँने डिलर (ग्यास बिक्रेता)मा सर्लाहि हरिवनका अजय साह र बयलबास सर्लाहिका सरोज मैनाली रहेका छन् ।