hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritkingjojobetjojobet

बन डढेलो नियन्त्रणका लागि बारामा सचेतनामूलक सप्ताह सुरु

रञ्जन यादव/बारा
डिभिजन बन कार्यालय बाराले वन डढेलो नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि वन डढेलो सचेतनामूलक सप्ताह कार्यक्रम सुरु गरेको छ। जिल्लाका विभिन्न पालिकामा जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो।
सप्ताहको पहिलो दिन बाराको निजगढ नगरपालिका, कोल्हबी नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा माइकिङ्ग गर्दै सर्वसाधारणलाई वन डढेलोबाट हुने जोखिमबारे जानकारी गराइएको छ। साथै सडक, बजार तथा बस्ती क्षेत्रहरूमा सचेतनामूलक सन्देश प्रसारण गर्दै वन जोगाउन सबैलाई जिम्मेवार बन्न आग्रह गरिएको छ।
कार्यक्रममा जिल्लाभरका सामुदायिक वन तथा साझेदारी वन उपभोक्ता समूहका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू आ–आफ्नो समूहका सचेतनामूलक ब्यानर तथा प्लेकार्डसहित कार्यक्रममा सहभागी भएका थिए। ब्यानरमा “वन जोगाऔँ, जीवन बचाऔँ”, “वन डढेलो नियन्त्रण सबैको दायित्व” जस्ता सन्देशहरू लेखिएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन बन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजीव कुमार झाले वन क्षेत्रमा आगलागी भएमा कुनै पनि समूहले ‘तिम्रो–मेरो’ नभनी सामूहिक रूपमा आगो निभाउन सहयोग गर्नुपर्ने बताउनुभयो। उहाँले वन डढेलोले वनस्पति, वन्यजन्तु तथा वातावरणमा गम्भीर असर पार्ने भएकाले समयमै नियन्त्रण गर्न स्थानीय समुदायको सक्रिय भूमिका आवश्यक हुने उल्लेख गर्नुभयो।
उहाँले प्रत्येक वन उपभोक्ता समूहलाई सबैले सजिलै देख्ने स्थानमा दमकल, प्रहरी तथा सम्बन्धित वन समूहका सम्पर्क व्यक्तिको फोन नम्बर राख्न निर्देशन दिनुभएको छ। यसो गर्दा आगलागीको घटना भएमा तुरुन्त सूचना पुगेर समयमै नियन्त्रण गर्न सकिने उहाँको भनाइ थियो।
डिभिजन बन कार्यालयका अनुसार गर्मी तथा सुख्खा मौसममा वन डढेलोको जोखिम बढ्ने भएकाले यस सप्ताहभरि जिल्लाका विभिन्न वन क्षेत्रमा सचेतनामूलक र्‍याली, अन्तरक्रिया, माइकिङ्ग तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। वनमा आगो लगाउने, सिगरेट वा आगोका वस्तु जथाभावी फाल्ने तथा वन क्षेत्र नजिकै असावधानीपूर्वक आगो बाल्ने जस्ता गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।
वन डढेलोबाट वन, जैविक विविधता तथा वातावरण जोगाउन स्थानीय समुदाय, वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको डिभिजन बन कार्यालय बाराले जनाएको छ।
निजगढमा सुरु भई निजगढमा आई समापन भएकाे पहिलाे दिनकाे  आैपचारिक कार्यक्रमकाे सहजीकरण डिभिजन बन कार्यालय बाराका रेञ्जर निरज पाेख्रेलले गरेका थिए ।