hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibomtipobetbettiltnakitbahisCratosroyalbetcasinolevant

बारा–४ मा रास्वपाका उम्मेदवार अंसारी भारी मतान्तरले बिजयी

रञ्जन यादब /बारा

बारा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारी भारी मतान्तरसहित विजयी भएका छन्। अन्सारीले नेकपा एमालेका उम्मेदवार तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) लाई २९ हजार पाँच सय ६१ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।

निर्वाचन परिणामअनुसार अन्सारीले कुल ४१ हजार २ सय मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले ११ हजार ६ सय ३९ मत पाएका छन्।

२०७९ सालको आमनिर्वाचनमा यही क्षेत्रबाट श्रेष्ठले १० हजारभन्दा बढी मतान्तरले विजय हासिल गरेका थिए। तर यसपटक भने माओवादी केन्द्र परित्याग गरी रास्वपाबाट उम्मेदवार बनेका अन्सारीले उनलाई फराकिलो अन्तरले पराजित गरेका हुन्।

अन्सारी यसअघि २०७९ सालको निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ (१) बाट नेकपा माओवादी केन्द्रका तर्फबाट मधेश प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। पछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी बारा–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए।

प्रदेशसभामा माओवादी केन्द्रबाट विद्रोह गरेपछि मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत गुमाएका थिए र त्यसपछि उनले पदबाट राजीनामा दिनुपरेको थियो। सोही घटनापछि चर्चामा आएका अन्सारी अहिले मुख्यमन्त्री सोनल मतदाता रहेको क्षेत्रमै आएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

बारा–४ का निर्वाचन अधिकृत गम्भीर घिमिरेले अन्सारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेका छन्।

अन्य उम्मेदवारमध्ये जसपा नेपालका सन्जु साह कानुले ७ हजार ५ सय ९३ मत, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार १ सय १३ मत तथा नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७ मत प्राप्त गरेका छन्।