रञ्जन यादब /बारा
बारा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमाल निर्वाचित भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शम्भु बहादुर बुढाथोकीलाई पछि पार्दै ३९ हजार ९९८ मतसहित निर्वाचित भएका हुन् ।कांग्रेसका बुढाथोकीले १४ हजार २२३ मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार अच्युत मैनालीले ११ हजार ६४५ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

