सिमरामा १ करोड रुपैयाँको लागतमा सिमरा गोल्ड जिम क्लब सुरु

रञ्जन यादब /बारा

बाराको सिमरा मा करिब १ करोड रुपैयाँको लागतमा स्थापना गरिएको सिमरा गोल्ड जिम क्लब औपचारिक रूपमा उद्घाटन गरिएको छ। आधुनिक संरचना र सुविधा सहित सञ्चालनमा ल्याइएको जिमको एक विशेष कार्यक्रमकाबीच नेपालका चर्चित गोल्ड मेड्लिस्ट जिमर संजिब श्रेष्ठले उद्घाटन गरेका थिए।

स्वास्थ्यप्रेमी युवायुवती तथा सर्वसाधारणलाई लक्षित गर्दै सुरु गरिएको उक्त जिममा अत्याधुनिक व्यायाम उपकरणहरू जडान गरिएको छ। कार्डियो, वेट ट्रेनिङ, फिटनेस ट्रेनिङ तथा बडी बिल्डिङका लागि आवश्यक पर्ने नयाँ प्रविधियुक्त मेसिनहरू राखिएको सञ्चालक पक्षले जनाएको छ।जिम सञ्चालनमा आएसँगै सिमरा क्षेत्रका युवाहरूलाई गुणस्तरीय फिटनेस सेवा स्थानीयस्तरमै उपलब्ध हुने विश्वास गरिएको छ। यसले स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा स्थानीय व्यवसायी, खेलकुदप्रेमी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सञ्चालकले नियमित व्यायाममार्फत स्वस्थ समाज निर्माणमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।जिमका सञ्चालक कर्ण अधिकारीको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन रुवन थापाले गर्नुभएको थियो ।