hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritking

पथलैयामा राजस्व छलीका सामानसहित डिब्बावाला ट्रक नियन्त्रणमा

रञ्जन यादब /बारा

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१ पथलैया चोकस्थित वीरगञ्ज–हेटौडा सडक खण्डमा प्रहरीले राजस्व छलीका सामानसहित एक डिब्बावाला ट्रक नियन्त्रणमा लिएको छ ।मंगलबार विशेष सूचनाका आधारमा यस कार्यालय तथा मातहत प्रहरी चौकी पथलैयाबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले सवारी साधनहरू जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ३–ख ७९८४ नम्बरको डिब्बावाला ट्रक चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा ट्रकमा बिलबिजक अनुसारका सामानसँगै अतिरिक्त रूपमा राजस्व छली गरी ल्याइएका सामानहरू फेला परेका प्रहरीले जनाएको छ । बरामद गरिएका सामानहरूको बिलबिजक अनुसार अनुमानित मूल्य २७ लाख ५१ हजार ४१३ रुपैयाँ बराबर रहेको छ ।राजस्व छलीका सामानसहित उक्त डिब्बावाला ट्रकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको प्रहरीले जानकारी दिएको छ ।