जीतपुरसिमराका युवाहरूले आफ्नै खर्चमा फेरे पुलका फाटेका झण्डा

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित लालका पुलमा झुण्ड्याइएका राष्ट्रिय झण्डा जीर्ण र च्यातिएका अवस्थामा देखिएपछि स्थानीय युवाहरूले आफ्नै पहलमा नयाँ झण्डा फेरेका छन्।

साझा अभियान र जेनजीका युवाहरूको संयुक्त पहलमा आईतबार बिहान उक्त काम सम्पन्न गरिएको हो। उनीहरूले आफैंले भर्याङ् ल्याई, जोखिम मोलेर राजमार्गमा गुड्ने ट्याङ्कर रोक्दै पुलमा चढेर पुराना झण्डा हटाई नयाँ झण्डा फेरेका हुन्।स्थानीय युवाहरूले भने, “हाम्रो सहरको चिनारी झण्डा च्यातिएको अवस्थामा देखिनु राम्रो होइन भन्ने सोचेर हामीले आफैं मिलेर नयाँ झण्डा झुण्ड्यायौं।”यो कार्यलाई सामाजिक सञ्जालमा पनि धेरैले देशप्रेम र नागरिक उत्तरदायित्वको उत्कृष्ट उदाहरणका रूपमा स्वागत गरेका छन्।