hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritking

आगलागी र तोडफोडले नव निर्मित आन्तरिक राजस्व कार्यालय बाराको भवन क्षतीग्रस्त

रञ्जन यादब /बारा

करिब ८ करोडको लागतमा नव निर्मित आन्तरिक राजस्व कार्यालय बारा सिमराको नया भवन उद्घाटन नहुँदै आगलागि र तोडफोडले क्षतीग्रस्त बनेको छ । भर्खरै सम्पन्न भएर सेवा प्रारम्भ गरेको आधुनिक भवन जेन जी आन्दोलनको क्रममा क्षतीग्रस्त बनेको हो ।यस कार्यालयले बारा–रौतहटका करदातालाई विवरण दर्ता गर्ने, कर संकलन गर्ने, करदातालाई सुविधा उपलब्ध गराउने जस्ता महत्त्वपूर्ण काम गर्दै आएको थियो । तर आन्दोलनका क्रममा सम्पूर्ण कागजपत्र, फर्निचर, कम्प्युटर, ल्यापटपदेखि एसी र फ्रिजसम्म लुटपाट, तोडफोड र आगजनीका कारण नष्ट भएका छन् ।

कार्यालय प्रमुख दिनेश पाण्डेले सम्पूर्ण भौतिक सम्पत्ति जलेर नष्ट भए पनि करदाताले तिनुपर्ने कर अनलाइन प्रणालीमार्फत सुरक्षित रहेको भन्दै कुनै पनि करदाताले करबाट छुट नपाउने स्पष्ट पारे । “हामी भग्नावशेषमै नयाँ दृढ सङ्कल्पका साथ काम सुरु गर्नेछौं,“ उनले भने ।भवनमा दुई दिनसम्म आगो बलिरहँदा ढलान खसेको, पिल्लर चर्किएको र सम्पूर्ण संरचना प्रयोगयोग्य नरहेको प्रारम्भिक मूल्याङ्कन देखिएको छ । कार्यालयले भवनको प्राविधिक क्षति मूल्याङ्कन गर्न सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छ ।

भदौ २३ गते दिउँसो सामान्य तोडफोडपछि साँझ ७ बजे हतियारसहित आएको समूहले योजनाबद्ध ढंगले कागजपत्र खोजतलास गरेर जलाएको कर्मचारीहरूले बताएका छन् । “फाइल भण्डारण कक्ष र प्रमुखको कोठा लक्षित रूपमा तोडफोड हुनु ठूलो गिरोहको संलग्नता रहेको प्रमाण हो,“ प्रमुख पाण्डेले जनाए ।उनका अनुसार मन्त्रालय र विभागबाट उपलब्ध साधनस्रोत प्रयोग गरेर तत्काल सेवा सञ्चालन गर्ने तयारी भइरहेको छ । करदातालाई अनलाइन प्रणालीमार्फत सेवा लिन आग्रह गरिएको छ ।पाण्डेले सार्वजनिक सम्पत्तिमाथि अराजक ढंगले आक्रमण गर्नेहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने बताए । “कारबाही नभए जनताको जिउधनमा थप जोखिम र अराजक समूहको मनोबल बढ्नेछ,“ उनले चेतावनी दिए ।