hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

बारामा असोज ७ गते सम्म वन क्षेत्रभित्र सर्वसाधारणको प्रवेशमा रोक

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२२ र ४ का वनक्षेत्रमा पछिल्ला दिनमा देखिएका बाघ तथा अन्य वन्यजन्तुको आक्रमणका कारण एकजनाको ज्यान गएको घटनापछि वन कार्यालय बाराले तत्काल प्रभावबाट वन क्षेत्रमा प्रवेश निषेध गर्ने निर्णय गरेको छ। डिभिजन वन कार्यालय बाराका डिभिजनल वन अधिकृत राजिव कुमारका झाकाअनुसार स्थानीयवासीको सुरक्षालाई प्राथमिकता दिँदै दोस्रो पट्क सुचना जारी असोज ७ गते सम्म अर्को सूचना जारी नभएसम्मका लागि सामुदायिक, साझेदारी तथा राष्ट्रिय वन क्षेत्रभित्र सर्वसाधारणको प्रवेश पूर्णतया रोक लगाइएको हो। कार्यालयले यस अवधिमा घाँस, दाउरा, तरकारी, चारो लगायत दैनिक प्रयोजनका सामग्री लिन समेत वनतर्फ नजान अनुरोध गरेको छ ।

कार्यालयका अनुसार, निषेधित क्षेत्रको सीमाना पूर्वमा करैया खोला, पश्चिममा वीरगन्ज–हेडटोक जाने त्रिभुवन राजपथ, उत्तरतर्फ बारा र मकवानपुर जिल्लाको सिमाना तथा दक्षिणतर्फ सिमरा–कलैया हुँदै कोल्हवी जाने बाटोसम्म फैलिएको छ। यस क्षेत्रमा अनधिकृत प्रवेश गर्ने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ।वन्यजन्तुको अस्वाभाविक गतिविधि र आक्रमणबाट हुने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले गरिएको यो कदमले सर्वसाधारणको सुरक्षामा मद्दत पुग्ने वन कार्यालयको विश्वास छ। कार्यालयले अतिआवश्यक परे मात्र आधिकारिक स्वीकृति लिएर मात्र वन क्षेत्रमा आवतजावत गर्न सकिने स्पष्ट पारेको छ ।