hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

जितपुरसिमरा उपमहानगरवासीलाई कडा रोग उपचारमा ५० हजारसम्म सहयोग

रञ्जन यादब /बारा

जितपुरसिमरा उपमहानगरपालिकाले नगरवासीलाई राहतस्वरूप कडा रोग उपचारमा आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। राजपत्रमा प्रकासशत जीतपुरसिमरा उपमहानगरपालिका कडा रोग उपचार सहायता ब्यवस्थापन कार्यबिधि २०८२ अनुसार यो सहयोग गर्न लागिएको जनस्वास्थ्य प्रबद्र्धन शाखाका जनस्वास्थ्य अधिकृत रबि भाष्करद्धारा जारी सुचनामा उल्लेख छ ।

२०७८ सालमा स्वीकृत ‘कडो रोग उपचार सहयोग व्यवस्थापन कार्यविधि’ अनुसार लाभ लिन सकिने यो सुविधा चालु आर्थिक वर्ष २०८२÷०८३ मा समेत निरन्तरता पाएको हो ।यस कार्यक्रमअन्तर्गत मुटु, मृगौला, क्यान्सर, पार्किन्सन, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, मल्टिपल एफेमिया, सिक्ल सेल एनिमिया, थालासेमिया र मस्तिष्कघातजस्ता गम्भीर रोगका बिरामीलाई अधिकतम ५० हजार रुपैयाँसम्म उपचार सहयोग उपलब्ध हुने नगर कार्यालयले जनाएको छ ।

यसका लागि रोगको विवरणसहितको सिफारिस वडा कार्यालयमार्फत नगर स्वास्थ्य शाखामा पठाउन सकिने छ। उपमहानगरपालिकाले यो सुविधा बारे सबैलाई जानकारी गराउँदै योग्य नागरिकलाई आवश्यक कागजातसहित सहयोग लिन आह्वान गरेको छ ।