hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

जितपुरसिमरा उपमहानगरपालिकाले लुटपाट भएका सामग्री फिर्ता गर्न सार्वजनिक अपिल

रञ्जन यादब /बारा

बाराको जितपुरसिमरा उपमहानगरपालिकाले हालै तोडफोड र आगलागीका क्रममा लुटपाट तथा चोरी भएका सामग्री फिर्ता गर्न अनुरोध गरेको छ । भाद्र २४ गतेको घटनामा उपमहानगरपालिकाको कार्यालय, मातहतका वडा कार्यालय र स्वास्थ्य संस्था÷सेवा केन्द्रमा रहेका गाडी, मोटरसाइकल, साइकल, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, स्क्यानर, सिसिटिभी लगायतका उपकरण, टेबल, कुर्सी, दराज, भाँडाकुडा जस्ता सामानहरू क्षति पु¥याइएको थियो ।

तीमध्ये धेरै सामग्री हराएका वा चोरी भएको उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादले सार्वजनिक सूचना जारी गर्दै लुटिएका वा कुनै कारणवश भेटिएका सामग्री तत्कालै उपमहानगर कार्यालय, वडा कार्यालय वा स्वास्थ्य संस्थामा बुझाइदिन आग्रह गरेका छन्। साथै, समान ल्याईदिने ,कहिँकतै देखिने वा यस बिषयमा जानकारी दिने व्यक्तिले चाहेमा उनको पहिचान गोप्य राखिने जनाईएको छ ।यस अभियानलाई प्रभावकारी बनाउन आम नागरिक तथा समुदायको सहकार्य आवश्यक रहेको भन्दै जितपुरसिमरा उपमहानगरपालिकाले सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।