संगालो बचत तथा ऋण सहकारीको १४औं साधारण सभा सम्पन्न

संगालो बचत तथा ऋण सहकारी संस्था सिमरा बाराको १४औं साधारण सभा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन बारा जिल्ला बचत तथा ऋण सहकारी संस्था बाराका अध्यक्ष सत्येन्द्र ठाकुरले गरेका थिए।

सहकारीले हालसम्म १ करोड ९५ लाख रुपैयाँ शेयर पुँजी संकलन गरेको छ। त्यस्तै, शेयर सदस्यहरूबाट ८ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरी ८ करोड ५३ लाख रुपैयाँ ऋण लगानी गरिएको जानकारी दिइएको छ। सहकारीले १२ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति निर्माण गर्न सफल भएको छ।

साधारण सभामा सहकारीले ४८ लाख ६७ हजार २७ रुपैयाँ खुद नाफा आर्जन गरेको प्रस्तुत गरिएको थियो।
कार्यक्रम सहकारीका अध्यक्ष निराजन थापाको अध्यक्षता र सचिव गोकुल अधिकाऱीको सञ्चालनमा सम्पन्न भएको हो।