hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

बकुलिया कलेजमा नियमित आउँने विद्यार्थीलाई साईकल प्रदान

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका–५ मा अवस्थित बकुलिया कलेजमा नियमित रुपमा कक्षा कोठामा अध्ययनरत विद्यार्थीहरुलाई साईकल वितरण गरिएको छ। वडा नं.५ कार्यालयको पहलमा ७० प्रतिशत भन्दा बढी हाजिरी पुगेका बी.एड.मा अध्ययनरत १० जना विद्यार्थीलाई साईकल वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र चौधरीले जानकारी दिए।कलेजका प्रमुख जयमंगल यादवले टाढा–टाढाबाट आवतजावत गर्ने विद्यार्थीलाई साईकलले सहजता ल्याउने बताए।

साथै, यसले नियमित अध्ययन गर्ने विद्यार्थीलाई प्रोत्साहित गर्ने र पुरस्कार स्वरूपको अवधारणा विकास हुने धारणा राखे।साईकल वितरण कार्यक्रम बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा वडा नं.७ का अध्यक्ष सुनिल गुप्ता, श्री ने.रा.मा.वि. बकुलियाका प्रधानाध्यापक धन्नजय गौतम, वडा सदस्य ईश्वर चौधरी,ईन्दल पासवान, शिक्षक कालिका ढकाल, देबी सापकोटा लगायतको उपस्थिति रहेको थियो।