रञ्जन यादब /बारा
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेका सबै आठवटा विषयगत समितिहरूलाई पूर्णता दिइएको छ। उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलका अनुसार, जीतपुरसिमरा नगर कार्यपालिका (कार्यसम्पादन) नियमावली २०७५ अनुसार चालु आर्थिक वर्ष २०८२।०८३ का लागि साउन १६ गते गते बसेको ४५ औँ कार्यपालिका बैठकको निर्णयबाट विषयगत समितिहरू गठन गरिएको हो। नगर प्रमुख पौडेलले समितिहरूलाई पूर्णता दिँदै उपमहानगरको नीतिगत, विकासीय तथा सेवा प्रवाहसम्बन्धी कार्यहरू थप व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे। उनका अनुसार उपमहानगरका सबै ८ वटा विषयगत समितिहरूमा संयोजक र सदस्यहरूको चयन गरी कार्यक्षेत्र निर्धारण गरिएको छ।
सार्वजनिक सेवा तथा क्षमता विकास समितिको संयोजकको जिम्मेवारी वडा नं. १० का अध्यक्ष संजय प्रसाद पटेललाई दिइएको छ भने समितिमा वडा नं. १२ का अध्यक्ष श्यामबाबु खाँ, कार्यपालिका सदस्य पवित्रामाया कार्की र प्रल्हाद साह सोनार सदस्यका रूपमा समावेश छन्।त्यस्तै, श्रम, उद्योग, वाणिज्य तथा रोजगार प्रवद्र्धन समितिको संयोजक कार्यपालिका सदस्य अर्जुन रसाइली विश्वकर्मालाई बनाइएको छ। सो समितिमा वडा नं. ८ का अध्यक्ष शिवशंकर महतो कोइरी, वडा नं. २३ का अध्यक्ष मुस्कतीम अंसारी र वडा नं. ९ का अध्यक्ष मोतीलाल राउत सदस्य छन्।पूर्वाधार विकास समितिको संयोजक वडा नं. २० का अध्यक्ष रसुल मियाँ अंसारीलाई बनाइएको छ। यस समितिमा वडा नं. १३ का अध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य प्रभावती देवी पासवान र वडा नं. ३ की कार्यवाहक अध्यक्ष माया विश्वकर्मा सदस्य रहेका छन्।
सामाजिक विकास समितिको संयोजक वडा नं. १४ का अध्यक्ष चयन गुरुङ्गलाई तोकिएको छ भने सदस्यहरूमा कार्यपालिका सदस्य सुकुमाया कुमारी तामाङ्ग, वडा नं. ११ का अध्यक्ष विन्दालाल साह र वडा नं. २४ का अध्यक्ष सुल्तान अंसारी रहेका छन्।आर्थिक विकास समितिको संयोजक वडा नं. २१ का अध्यक्ष सुवास श्रेष्ठलाई जिम्मा दिइएको छ। समितिमा वडा नं. २२ का अध्यक्ष शेखरकाजी रुम्बा, वडा नं. ६ का अध्यक्ष कैमुदिन अंसारी तथा वडा नं. ८ का अध्यक्ष शिवशंकर महतो कोइरी सदस्य छन्।
कृषि, सहकारी, भूमी व्यवस्थापन तथा गरिबी निवारण समितिको संयोजक वडा नं. १८ का अध्यक्ष चतुरबाबु वाग्ले छन्। सदस्यका रूपमा कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, वडा नं. १७ का अध्यक्ष भिमबहादुर गंतान र वडा नं. १५ का अध्यक्ष रामप्रसाद लामिछाने रहेका छन्। वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक वडा नं. २ का अध्यक्ष धनबहादुर श्रेष्ठलाई बनाइएको छ भने सदस्यहरूमा वडा नं. ७ का अध्यक्ष सुनील गुप्ता, वडा नं. १ का अध्यक्ष हिराबहादुर गुरुङ्ग र वडा नं. १९ का अध्यक्ष दिपेन्द्र कुमार क्षेत्री छन् ।यस्तै, विधेयक समितिको संयोजक वडा नं. ४ का अध्यक्ष भोज बहादुर खत्री छन्। सो समितिमा वडा नं. १६ का अध्यक्ष हरिदेव खरेल, कार्यपालिका सदस्य मायादेवी चौधरी र वडा नं. ५ का अध्यक्ष दिपेन्द्र चौधरी सदस्यको रूपमा रहेका छन्। विषयगत समितिहरूको पूर्णतासँगै जीतपुरसिमरा उपमहानगरपालिकाले स्थानीय तहको विकास, योजना निर्माण, कार्यान्वयन तथा अनुगमनमा थप सशक्तता ल्याउने विश्वास व्यक्त गरेको छ। नगर प्रमुख पौडेलका अनुसार समितिहरूको सक्रिय सहभागिताबाट समावेशी र उत्तरदायी स्थानीय शासन प्रणालीलाई सुदृढ पार्ने लक्ष्य राखिएको छ।