सल्हेस बाबाको मेलामा नृत्य र कुस्ती प्रतियोगिता, नेपाल–भारतका पहलवानहरूको सहभागिता

रञ्जन यादब /बारा

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ८ स्थित ईमलिपर्तिमा आयोजित सल्हेस बाबाको मेला भव्य रूपमा सम्पन्न भएको छ। सल्हेस बाबा मेला व्यवस्थापन समितिको आयोजनामा सम्पन्न मेलामा बर्षा भईरहँदा पनि भएको नृत्य तथा कुस्ती प्रतियोगिता प्रमुख आकर्षण बनेका थिए।

मेला व्यवस्थापन समिति सचिव श्याम पासवानका अनुसार, कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका चर्चित पहलवानहरूको सहभागिता रहेको थियो, जसले दर्शकहरूलाई निकै रोमाञ्चित बनाएको थियो।मेलाको औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख राजन पौडेलले परम्परा र संस्कृतिको संरक्षण तथा सामाजिक एकता प्रवद्र्धनमा मेलाको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे। उनले भने, “मेलाले घुम्टो प्रथाबाट बाहिर निस्कन र समाजमा घुलमिल हुन मद्दत गर्छ।

”त्यस्तै ८माओवादी केन्द्र बारा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य क्षेत्र बहादुर श्रेष्ठ (अनिल)ले वर्षभरका दुःख, वेदनालाई बिर्सेर एक दिन रमाइलो गर्ने अवसरका रूपमा मेलाको महत्व रहेको बताए।नथुनी पासवानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष शिवशंकर महतो, पूर्व वडा अध्यक्ष रामबाबु पटेल, वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता, वडा नं. १३ का वडा अध्यक्ष हेम बहादुर चौधरी, जीतपुरसिमरा नगर उद्याेग बाणिज्य संघका अध्यक्ष माेहन शर्मा लामिछाने , दलित अगुवा राजदेव पासवान,   पूर्व वडा सदस्य तरुण सहनी, दलित नेताहरू तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सल्हेस बाबा पासवान समुदायको कुलदेवता हुनुहुन्छ ।