hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetmeritking

सिमरामा पहिलोपटक अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता, आठ टोलीको सहभागिता

रञ्जन यादब /बारा

बाराको सिमरा रंगशालामा आगामी भदौ २१ देखि २८ गतेसम्म अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । सिमरा भेट्रान क्लबको पहलमा पहिलोपटक महिलामैत्री फुटबल आयोजना हुन लागेको हो । प्रतियोगिताबारे शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइएको हो ।क्लबका अध्यक्ष राजकपुर राउतका अनुसार, विगत चार वर्षदेखि भेट्रान पुरुष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले यस वर्षदेखि महिला फुटबललाई प्रोत्साहन गर्न नयाँ अध्याय सुरु गरेको छ । “हामीले महिला खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अगाडि बढाउन यो प्रतियोगिता नियमित बनाउनेछौं,” अध्यक्ष राउतले प्रतिबद्धता जनाए ।

प्रतियोगितामा नेपाल प्रहरी क्लब, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, मोरङ र रौतहट जिल्ला फुटबल संघ, धरान सिटी क्लब, भारतको दार्जिलिङस्थित कुरुसङ गल्स फुटबल एकेडेमी र आयोजक सिमरा भेट्रान क्लब गरी जम्मा आठ टिमको सहभागिता रहनेछ । प्रतियोगिता रातिको समयमा सिमरा रंगशालामा हुनेछ ।

प्रतियोगिताका विजेतालाई नगद पाँच लाख रुपैयाँ र उपविजेतालाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख रुपैयाँसहित, विभिन्न विभागीय पुरस्कार – उत्कृष्ट डिफेन्डर, मिडफिल्डर, गोलरक्षक, फरवार्ड तथा प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले पछिल्लो समय महिला फुटबलप्रतिको आकर्षण तीव्र रुपमा बढिरहेको उल्लेख गर्दै सिमरा यस्तो प्रतियोगिता आयोजना गर्ने केन्द्र बन्ने विश्वास व्यक्त गरे । “महिला खेलाडी उत्पादनको सम्भावना सिमरामा उच्च छ,“ उनले भने, “यो प्रतियोगिता त्यसको थालनी हुनेछ ।“महिला फुटबलप्रति समुदायको चासो र सहभागिता विस्तार गर्दै लैजान सिमरामा हुन लागेको प्रतियोगिता एउटा प्रेरक कदमको रूपमा रहेको जीतपुरसिमरा उपमहानगर माओवादि केन्द्रका अध्यक्ष प्रेमबरालले जानकारी दिए ।