hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahisGrandpashabetenbetqqmamibetholiganbet

जीतपुरसिमराका विद्यालयहरूमा पानी संरक्षणको अभियान, जनचेतनामूलक कार्यक्रम सञ्चालन

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूले “पानी बचाऔँ, जीवन जोगाऔँ” अभियान अन्तर्गत विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेका छन्। उपमहानगरपालिकाको निर्देशनअनुसार पानीका स्रोतहरू पहिचान, संरक्षण तथा सदुपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा विद्यालय र समाजमा बहस, अन्तरक्रिया, छलफल लगायत नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै जनस्तरमा पानीको महत्वबारे चेतना फैलाउन थालिएको हो।

प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको हस्ताक्षर रहेको पत्रमा लगातार वर्षाको अभाव, अत्यधिक गर्मी र सुख्खा परिस्थितिका कारण मधेश प्रदेश सरकारले असार २६ गते प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र तथा साउन ७ गते विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी गराइएको छ। यसै सन्दर्भमा उपमहानगरपालिका वडा नं. १५ स्थित जनकल्याण आधारभूत विद्यालय र वडा नं.१ पथलैया स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालयले पानी संरक्षणको सन्देश दिन जनचेतनामूलक र्यालीको आयोजना गरेको छ। विद्यालय परिसरबाट सुरु भएको र्याली विभिन्न टोलहरू परिक्रमा गरी पुनः विद्यालयमै समापन गरिएको थियो। र्यालीमा सहभागी विद्यार्थीहरूले “हामी सबै मिली पानी संकट टारौँ”, “पानी बचाऊँ, जीवन जोगाऊँ”, “हाम्रो भविष्य, हाम्रो हातमा”, “बृक्षारोपण गरौँ” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए

।उपमहानगरपालिकाले विद्यालयमार्फत समुदायलाई संलग्न गराई पानी संरक्षणमा दीर्घकालीन प्रभाव पार्ने उद्देश्यसहित कार्यक्रमहरूलाई तीव्रता दिएको शिक्षा अधिकृत हरिष भट्टले जानकारी दिए ।