रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयमा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको म्याद थपिएको वा नथपिएको बिवरण शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा बुझाउँन अनुरोध गरेको छ ।
बिद्यालयमा बालविकास सहजकर्ता, विद्यालय कर्मचारी, दरबन्दी एवं राहतअनुदान कोटामा कार्यरत करारका शिक्षक तथा कर्मचारीहरुको अस्थायी नियुक्ति पश्चात म्याद थप भएको वा नभएको बिवरण साउन मसान्तसम्ममा बुझाउँन उपमहानगरपालिकाको दशौँ तहको अधिकृतले जारी गर्नुभएको सुचनामा उल्लेख छ । शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बाराबाट प्राप्त पत्रका आधारमा करारमा नियुक्ति भए पश्चात नियमानुसार करारको नवीकरण भई कार्यरत छन् कि छैनन् भन्ने विषयमा विवरण उपलब्ध गराउन जीतपुरसिमरा उपमहानगरपालिकासँग माग गरिएको उपमहानगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ ।
विद्यालयहरूले उपयुक्त ढंगमा कार्यरत शिक्षक तथा कर्मचारीहरूलाई शिक्षा नियमावली २०५९ को नियम ९७ को उपनियम ८ र नियम ९ बमोजिम शिक्षा विकास तथा समन्वय इकाई, कलैया, बारामा पेस गर्नु पर्ने भएको छ । सो बिवरणको जानकरी जीतपुरसिमरा उपमहानगरपालिकालाई उपलब्ध गराउँन अनुरोध गरिएको छ ।