रञ्जन यादब /
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. २ मा अवस्थित साना किसान कृषि सहकारी संस्था सिमराको १०औं स्थापना दिवस भव्य रुपमा सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज“ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमको उद्घाटन बारा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले गरेका थिए।
श्रेष्ठले सहकारीको सफलतामा खुसी व्यक्त गर्दै सहकार्य र सहयोगका लागि आफू सधैं तत्पर रहेको बताए।छोटो समयमै संस्थाले ५ धुर जग्गा खरिद गरी ४ तल्ले आफ्नै भवन निर्माण गर्नु सुखद उपलब्धि भएको उनले उल्लेख गरे।कार्यक्रममा बारा क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य देवनारायण चौधरीले मधेश प्रदेश सरकारले कृषकका समस्या समाधानका लागि नीति तथा कार्यक्रममार्फत पहल गरिरहेको बताए। उनले सहकारीहरूलाई कृषि उद्योग, नगदेबाली, माछा तथा पशुपालनतर्फ लगानी गर्न आग्रह गरे।उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीले आर्थिक भारमा थिचिएका नागरिकहरूलाई सहकारीले उठ्न सहयोग गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउन भूमिका खेलेको बताए।
संस्थाकी अध्यक्ष कमला अधिकारीले महिलाहरूलाई घरायसी कामकाजमा मात्र सीमित नराखी, उनीहरूको जीवनस्तर र आर्थिक अवस्था उकास्ने कार्यमा सहकारीले प्रभावकारी योगदान दिँदै आएको बताइन्। साथै, सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न वर्ग र संस्थाहरूसमेतलाई सहयोग गर्दै आएको जानकारी दिइन्। संस्थाका सहजकर्ता कुलोत्तम पोख्रेलले संस्थाको हालको अवस्थाको बिषयमा जानकारी दिएका थिए । ४७ जनाबाट शुरु भएको संस्थामा हालमा करिब १६३६ जना सदस्य रहेका छन् ।
संस्थाले यस बर्ष करिब १४ प्रतिशत लाभांस बितरण योजना रहेको सहजकर्ता पोख्रेलले बताए ।कार्यक्रमको स्वागत मन्तव्य कोषाध्यक्ष पुनम महतोले राखेकी थिइन् भने सञ्चालन सचिव मिरा पुरीले गरेकी थिइन्। स्थापना दिवसमा केक काटि बितरण गरिएको थियो कार्यक्रममा ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक बेद प्रसाद जोशि ,अमलेखगंज गुम्बाका उपाध्यक्ष जंग बहादुर तमाङ्ग,जीतपुरसिमरा उपमहानगरपालिकाकाे सहकारी शाखा अधिकृत दुर्गा न्याैपाने लगायतकाे उपस्थित रहेकाे थियो । संस्थाले सर्पबाट मानिसलाई र मानिसलाई सर्पबाट बचाउँने कार्यमा योग्दान पुरयाएबापत दिपक नेपाललाई समान गरेको छ ।साना किसान कृषि सहकारी संस्था सिमराले सहकारीको कारोबारमा योग्दान पुरयाउँने ब्यक्तिहरुलाई सम्मान गरेको थियो ।