रञ्जन यादब /बारा
जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा पथलैयामा वृहत् सडक सरसफाई कार्यक्रम सम्पन्न भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको आयोजना र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैया बाराकाको सहकार्यमा सरसफाई सञ्चालन भएको हो ।
पथलैया चोकदेखि खानेपानी ट्यांकीसम्मको सडक खण्ड सरसफाई गरिएको कार्यक्रममा पूर्वमन्त्री तथा संघीय सांसद किसान श्रेष्ठ, प्रदेश सांसद देवनारायण चौधरी, उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेल, प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय पथलैयाका प्रमुख राजकुमार सिलवाल, जिल्ला प्रहरी कार्यालय बारा प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङ, जनप्रतिनिधिहरू, स्थानीय भद्रभलाद्मी, ट्राफिक तथा जनपद प्रहरीसहित करिब २३० जनाको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममार्फत स्वच्छ र सुरक्षित सहर निर्माणमा सबै पक्षको सहकार्य आवश्यक रहेको सन्देश दिइएको आयोजकको भनाइ छ। सहभागीहरूमध्ये धेरैले यस्ता गतिविधिले नागरिकमा सरसफाइप्रतिको चेतना वृद्धि मात्र नभई प्रहरीप्रतिको विश्वास र सामुदायिक सहभागिता पनि बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।् ।