रञ्जन यादब /बारा
बाराको कलैया उपमहानगरपालिका–११, बिश्मभरपुरमा डिभिजन वन कार्यालय बाराको आयोजनामा राष्ट्रिय वृक्षारोपण दिवस २०८२ भव्यताका साथ सम्पन्न गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष अजय कुश्वाहा, नेपाल राष्ट्रिय आधारभूत विद्यालय बिश्मभरपुरका प्राचार्य मुकेश चन्द्र कुसवाहा, सम्पूर्ण शिक्षक–शिक्षिका, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्दन कुसवाहा लगायत सम्पूर्ण विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो ।
उक्त कार्यक्रम जिल्ला समन्वय समिति बाराका प्रमुख नरेन्द्र कुमार साहको प्रमुख आतिथ्यता र डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाको अध्यक्षतामा सम्पन्न भएको हो। त्यस्तै जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईको विशेष उपस्थिति रहेको थियो । राष्ट्रिय वृक्षारोपण दिवसकै अवसरमा जनसृजनशिल सामुदायिक बन उपभोक्ता समूहले बन कर्मचारीहरुको सहभागितामा बाँसका ६५१ बिरुवा रोपण गरेका छन्।् ।