मनवामा बेवारिसे अवस्थामा दुई थान साल जातको काठ बरामद

रञ्जन यादब /पर्सा

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ मनवामा आज बिहान बेवारिसे अवस्थामा दुई थान साल जातको काठ बरामद भएको छ । बिशेष सुचनाको आधारमा गएको बन बरामद काठ १९ क्युफिट काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साले जनाएको छ ।

बड्निहार सब डिभिजन बन कार्यालयबाट बन अधिकृत नवनित मिश्राको कमाण्डमा गएको बन गस्ती टोलीले बेवारिसे अवस्थामा काठ बरामद गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बरामद गोलियालाई मनवा रेञ्ज पोष्टको नियन्त्रणमा राखिएको छ । काठ बरामद गर्ने क्रममा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुह ,अस्थायी प्रहरी चौकी एकटाङ्गा र सशस्त्र प्रहरी कार्यालय बागेश्वरी तित्रौना लगायत टोलीको सहभागिता रहेको थियो ।