बिद्यार्थीहरुसँग लिईरहेको शुल्कको बिवरण पठाउँन बिद्यालयहरुलाई निर्देशन ,भर्ना शुल्क नलिन अनुरोध

रञ्जन यादब /बारा

जीतपुरसिमरा उपमहानगरपालिकाले संस्थागत बिद्यालयहरुलाई बिद्यार्थीहरुसँग उठाउँने शुल्कको बिवरण पठाउँन माग गरेको छ । गत आर्थिक बर्षमा उठाएको शुल्कको बिवरण र चालु आर्थिक बर्षमा उठाउँने शुल्कको बिवरण पठाउँन पत्र लेखेर निर्देशन दिएको छ ।

उपमहानगरपालिकाको शिक्षा महाशाखाले सबै संस्थागत बिद्यालयहरुलाई पत्र लेखेर बैशाख ५ गते सम्ममा बिवरण पठाउँन भनेको छ ।साथै उपमहानगरपालिकाले एक तहमा अध्ययनरत बिद्यार्थी अर्को तहमा सोहि बिद्यालयमा जाँदा भर्ना शुल्क नलिन नगर प्रमुख राजन पौडेलले अनुरोध गरेका छन् ।

उहाँले नियम अनुसार छात्रबृत्री प्रदान गर्न बिद्यालयहरुलाई अवगत गराउँनुभएको छ । अन्य बिद्यालयबाट आएका बिद्यार्थीहरुलाई प्रमाण पत्रको अधारमा भर्ना लिन र अनुमती प्राप्त कक्षा सम्ममा मात्र भर्ना लिन जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ ।