बारा र रौतहटमा महिला किसानहरूका लागि क्षमता विकास तालिम सम्पन्न

रञ्जन यादब /बारा

बारा र रौतहट जिल्लामा राष्ट्रिय कृषक समूह महासंघ नेपालको आयोजनामा पालिका–स्तरीय सिकाइ तालिम सम्पन्न भएको छ । बाराको सिमरामा र रौतहटको चन्द्रपुरमा उक्त तालिम १।१ दिन भएको राष्ट्रिय कृषक समूह महासंघ नेपालका प्रमानन्द चौधरीले जानकारी दिए । उक्त तालिम यूके इन्टरनेशनलको सहयोग र भि.एस.ओ. नेपालको आर्थिक सहकार्यमा आयोजना गरिएको थियो ।

तालिमले महिला किसानहरूको सशक्तिकरण र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ। कार्यक्रमले उनीहरूलाई कृषिका नयाँ विधि र प्रविधिहरूको ज्ञान प्रदान गर्नुका साथै, व्यावसायिक उत्पादन र व्यवस्थापनमा थप दक्षता हासिल गर्न प्रेरित गरेको छ ।यस तालिममा सहभागी महिलाहरूले प्राप्त ज्ञान र सीपलाई आफ्नै व्यावसायिक कृषि अभ्यासमा लागू गर्दै सामुदायिक स्तरमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

तालिममा महिलाहरुको सशक्तिकरण र क्षमता बिकाश तथा महिला किसानहरुको समस्या समाधान सम्बन्धि कुराहरुमा छलफल गरिएको थियो । तालिममा महिला किसान मञ्च र कृषक समुह ,पालिका माहासंघको सहभागिता रहेको थियो । यस प्रकारका कार्यक्रमले महिला किसानहरूको आर्थिक र सामाजिक अवस्था सुधार गर्न महत्वपूर्ण योगदान पु¥याउने आयोजकहरूको धारणा छ ।

कार्यक्रममा राष्ट्रिय कृषक समुह माहासंघ नेपालका ओम पण्डित ,प्रमानन्द चौधरी ,नथुनी माझी ,भि.एस.ओ.बाट अभिषेक सिँह र महिला किसान मञ्चका कबिता बञ्जारा लगायतको सहभागिता रहेको थियो ।