रञ्जन यादब /बारा
हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराले संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत रकम वितरणको सुरुवात गरेको छ । संस्थाले कार्यालयमा आज एक विशेष कार्यक्रम आयोजना गर्दै सो रकम वितरण गरेको हो ।संरक्षित पूँजी फिर्ता कोषबाट वितरण गरिने रकम गत आर्थिक वर्षको नाफाबाट साधारण सभाको निर्णयअनुसार निर्धारण गरिएको संस्थाका ब्यवस्थापक महेश ढुङ्गेलले जानकारी दिए ।
वितरण गरिएको रकम कर्जामा तिरेको ब्याजको २.४४ प्रतिशत र बचतमा प्राप्त ब्याजको २.५३ प्रतिशतको आधारमा तोकिएको उनले बताए । हातेमालो बचत तथा ऋण सहकारी संस्था सिमराका अध्यक्ष यज्ञ बहादुर आलेले शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम बितरण गरेको हो ।यसरी रकम प्राप्त गर्ने सदस्यहरूमध्ये सबैभन्दा बढी रकम प्राप्त गर्ने सदस्यले आफ्नो सेयर रकमको १०९१ प्रतिशतसम्म फिर्ता प्राप्त गरेका छन्।
संस्थाले यस्तो वितरणलाई आफ्नो सदस्यहरूको आर्थिक सुदृढीकरणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।सहकारीले आगामी दिनहरूमा पनि सदस्यहरूको आर्थिक हितलाई प्राथमिकता दिने प्रतिवद्धता अध्यक्ष आलेले कार्यक्रममा जनाएका थिए । उनले संस्थाको हालको स्थितीको बिषयमा कार्यक्रममा जानकारी गराएका थिए ।
संस्थाका सचिव तथा शिक्षा उप समितीका संयोजक ईद्रिश मियाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष संजय कुमार साह ,कोषाध्यक्ष भिम प्रसाद खकुरेल ,संचालकहरु चुडामणि गौतम ,मनकुमारी खनाल ,टंक घिमिरे ,राजु गौतम ,बिनामाया गुरुङ्ग ,लेखा समिती सदस्य सुशिला अचार्य तथा बिभिन्न उप समितीका सदस्यहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा सहजीकरण ब्यवस्थापक महेश ढुङ्गेलले गरेका थिए ।