रञ्जन यादब /बारा
बाराको कोल्हवी नगरपालिका वडा नं. ५ स्थित सखुवाहा गरिएको अपरेशनमा अवैध काठदाउरा र साईकल सहित दुई जना व्यक्तिलाई पक्राउ गरिएको छ । अपरेशनका क्रममा साल जातको १ थान गोलिया, काँचो साल जातका दाउरा बोकेको १ ट्र्याक्टर र ९ वटा साइकल बरामद गरिएको कोल्हबी सब डिभिजन बन कार्यालयका अधिकृत कृष्ण पटेलले जानकारी दिए ।
डिभिजन बन कार्यालय बाराको निर्देशनमा अपरेशन चलाईएको थियो । वन अपराधमा संलग्न दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा करैयामाई गाउँपालिका वडा नं.८ बस्ने ५० बर्षिय मोतिलाल महत्तो र ४० बर्षिय भुलाउन यादब रहेका छन् ।यस अपरेशनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, ककडी पोस्ट र कोल्हवी सब–डिभिजन वन कार्यालयका कर्मचारीहरूको विशेष योगदान रहेको डिभिजनल वन अधिकृतले बताएका छन्।
सफल अपरेशनमा सहयोग गर्ने सबै सुरक्षाकर्मी र कर्मचारीहरूलाई डिभिजनल वन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव कुमार झाले बिशेष धन्यवाद ज्ञापन गरेका छन् । पक्राउ परेकाहरुलाई डिभिजन बन कार्यालयको नियन्त्रणमा राखि आवश्यक अनुसन्धान अघि बढाईएको डिभिजनल बन अधिकृत झाले बताए । केही दिन अगाडि मात्र डिभिजन बन कार्यालय बाराले अबैध काठदाउरा चोरी निकासी गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको थियो ।यो कारबाहीले वन संरक्षण र अवैध काठ तस्करीविरुद्धको प्रयासलाई थप बल दिएको छ ।