रञ्जन यादब /बारा
बाराको कोल्हवी नगरपालिका–५ स्थित सखुववा भन्ने स्थानमा खेतको परालमा लुकाई छिपाई राखिएको अवस्थामा अबैध काठ बन टोलीले बरामद गरेको छ ।बरामद काठमा साल जातका तीन थान गोलिया करिब १० क्युफिटको ,करिब तीन क्युफिटको सिसौको गोलिया एक थान र एउटा साइकल रहेको छ ।
डिभिजनल वन कार्यालयका डिभिजनल बन अधिकृत राजीव कुमार झाको विशेष निर्देशनमा सो स्थानमा छापामारी गएिको कोल्हबी सब डिभिजनका छैठो तहका अधिकृत कृष्ण कुमार पटेलले जानकारी दिए । अवैध काठ ओसारपसार गर्ने समुहमध्यको एक जनाको त्यो साइकल भएको हुनसक्ने अनुमान गरिएको छ ।
बरामद काठ र साइकललाई आवश्यक अनुसन्धान र कानूनी कारबाहीका लागि कोल्हबी सब डिभिजनल वन कार्यालयको प्राङ्गनमा राखिएको जनाईएको छ ।अवैध काठ तस्करी नियन्त्रणका लागि डिभिजन बन कार्यालय बाराले निगरानी थप कडाइ गराएको जनाएको छ ।