रञ्जन यादब /पर्सा
६ बिघा बन क्षेत्र अतिक्रमण गरि गरिदैँ आएको गाँजा खेती पर्साको बन टोलीले फडानी गरि नष्ट गरेको छ । डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदको नेतृत्वमा गएको प्रहरी सहितको टोलीले सखुवा प्रसौनी गाउँपालिका वडा नं.१ नयाँ बस्तीमा ६ बिघा क्षेत्रमा गरिदै आईएको गाँजा खेती दोस्रो पट्क नष्ट गरेको हो ।
करिब दुई महिना अगाडि सोहि ठाउँमा गाँजा खेती फडानी गरिएको थियो तर फडानी गरिएको गाँजाहरु फेरी उम्रिसकेका थिए । गाँजा फडानीको क्रममा करिब १ लाख ५० हजार बिरुवा नष्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।
डिभिजन बन कार्यालयले अतिक्रमण हटाई आफनो मातहतमा ल्याएको बन क्षेत्रको जग्गामा बृक्षारोपण गर्ने जनाएको छ ।गाँजा फडानी टोलीमा सब डिभिजन बन कार्यालय बड्निहार , सबैया सब डिभिजन बन कार्यालय ,प्रहरी चौकी मनवाका प्रहरी ,प्रहरी चौँकी एक टाङ्गाका प्रहरी र सशस्त्र बेस क्याम्प तित्रौनाका सशस्त्र प्रहरी र बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुह लगायतको सहभागी थियो । गाँजा खेती वरिपरि बनाईएको घर ,टहराहरु पनि हटाईएको जनाईएको छ ।